Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गोदावरीमा आमा–छोरी मृत भेटिए

गोदावरीमा आमा–छोरी मृत भेटिए

शुक्रवार , माघ २५, २०८१

धनगढी । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् ।

गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेका छन् ।

दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077