झापा । झापाको बिर्तामोडमा रहेको एक होटलमा युवकको शव फेला परेको छ।
गएराति युवतीसँगै झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा बास बसेका युवकको शव फेला परेको हो ।
प्रहरीले उनीसँगै बसेकी युवती र होटल सञ्चालक महिलालाई पक्राउ गरेको छ।
होटलमा बास बसेका झापाकै हल्दीवारी–१ गोलधापका घर भएका ३० वर्षीय सागर बेस्राको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सागर गएराति सुनसरी घर भएकी २३ वर्षीया मुना बिकसँग सो होटलमा बास बसेका थिए। प्रहरीले ती युवतीसँगै होटल सञ्चालक यामकुमारी उप्रेतीलाई पनि नियन्त्रणमा लिएको छ।
सागरसँगै बास बसेकी युवती सुनसरीको धरान–१५ घर भइ हाल झापामा बसोबास गर्दै आएकी थिइन्।
गएराति खाना खाएर उनीहरु सँगै सुतेका थिए। सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडर बेहोस भएको अवस्थामा आफूले देखेको युवतीले बयान दिएकी छन्।