Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात , कुटपिटमा संलग्नलाई खोज्दै प्रहरी

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात , कुटपिटमा संलग्नलाई खोज्दै प्रहरी

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । काठमाडौंको ठमेलमा  ड्युटीमा खटिएको प्रहरीमाथि गए राति हातपात भएको छ ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको (क्विक रेस्पोन्स टिम) क्युआरटीका दुई प्रहरीमाथि गए राति आक्रमण भएको हो ।

हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

कुटपिट गर्नेहरू अस्कल क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको खुलेको छ। प्रहरीले सिसिटिभीको माध्यमबाट खोजी गरिरहेको छ।

कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको छ।

यस्तै जवान विष्टको दायाँ आँखा मुनि सुन्निएको छ। क्युआरटी मोटरसाइकलको हेल्मेट, बत्ती र लेगगार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077