Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एआईजी केसीलाई राजीनामा दिन दबाब

एआईजी केसीलाई राजीनामा दिन दबाब

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । बढुवा भएको एक महिना नहुँदै नेपाल प्रहरीका एआईजी रबिन्द्र केसीलाई राजीनामाका लागि दबाब दिइएको छ । स्रोतका अनुसार अर्का एक डीआईजीलाई बढुवाका लागि उनलाई दबाब दिइएको हो ।

उनलाई बढुवा हुने बेला केही दिनमै राजीनामा दिनुपर्ने सर्त राखिएको थियो । यद्यपी केसीले त्यो विषयमा केही बोलेका थिएनन् । हाल उनी प्रदेश समन्वय विभागको प्रमुखका रुपमा कार्यरत छन् ।

कर्णाली प्रदेशमा प्रहरी प्रमुखका रुपमा कार्यरत डीआईजी जनक भट्टराईलाई बढुवा गर्नका लागि केसीलाई जबरजस्ती राजीनामा दिन दबाब दिइएको हो ।

गत महिना रिक्त रहेका एआईजीका दुई पदमा कुबेर कडायत र केसीको बढुवा भएको थियो । बढुवामा तिव्र चलखेल हुँदा केही दिन रोकिएको समेत थियो ।

पछि हाल केसीलाई बढुवा गर्ने र उनलाई राजीनामा दिन लगाएर पछि भट्टराईलाई पनि बढुवा गर्ने सहमति गरिएको स्रोत बताउँछ ।

सोही कारण एआइजी केसीलाई अहिले गृहमन्त्री निकट व्यक्तिहरुले दबाब दिन थालेको चर्चा प्रहरी प्रधान कार्यालयका छन् ।

‘डीआईजी भट्टराईलाई एआईजी बनाउने भनेर गृहमन्त्री निकटकाले पहिले नै फाइदा लिइसकेका रहेछन्,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘त्यही कारण अहिले यस्तो चलखेल भइरहेको छ ।’

एआईजी केसी र डीआईजी भट्टराई दुवैको कार्यकाल अब ४० दिन मात्र बाँकी छ । आईजीपी बसन्तबहादुर कुँवरसँगै उनीहरुले आगामी ५ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउनुअघि डीआईजी भट्टराई पनि एआईजी हुन खोजेका छन् ।

पछिल्लो समय केही दिनका लागि एआईजीमा बढुवा गर्ने प्रवृत्ति बढीरहेको छ। एआईजी भएर बढुवा हुँदा धेरै पेन्सन र चाकल लगायतका सुविधा पाइने भएकाले यस्तो विकृती बढेको हो ।

जसलाई गृह मन्त्रालयले नै प्रोत्साहन गरिरहेको छ । कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने अवस्थामा देश पुगिरहेको बेला केही व्यक्ति बिशेषको सुविधा बढाउन यसरी बढुवा गर्दै अवकाश दिने प्रवृत्ति बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077