Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वप्रेमिकाका अन्तरंग भिडिओ र तस्बिर आफन्तलाई पठाएपछि...

पूर्वप्रेमिकाका अन्तरंग भिडिओ र तस्बिर आफन्तलाई पठाएपछि...

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । प्रेम सम्बन्धमा रहेका बेला खिचिएका युवतीका व्यक्तिगत भिडिओ र तस्बिर आफन्तलाई म्यासेन्जरमा पठाउने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरका ३१ वर्षीय विश्वराज राई रहेका छन् । चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले उदयपुरका युवकलाई जिल्ला प्रहरी कार्यालय, सिराहाको सहयोगमा पक्राउ गरेको हो ।

उनले पीडित महिला र उनको प्रेमीसँग सम्बन्धित व्यक्तिगत भिडियो तथा तस्विरहरूलाई म्यासेन्जरमार्फत पीडितका आफन्तहरूमा पठाएर गाली गलौज गरेका थिए ।

सोही आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । उनीमाथि काठमाडौं जिल्ला अदालतबाट थप पाँच दिनको म्याद लिएर आवश्यक अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077