कैलाली । प्रहरी प्रधान कार्यालयले शुक्रबार राति ७५ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको छ ।
शुक्रबार बसेको बढुवा समितिले ७५ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । सो बढुवा सिफारिसको सूचीमा विभिन्न कार्यालयका इञ्चार्ज पनि परेका छन् ।
जसअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा इन्स्पेक्टर गंगा बहादुर सारु पनि डीएसपीमा बढुवा सिफारिस भएका छन् । उनले केही दिनमा डीएसपीको फुली लगाउने छन् ।
योसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको छ । अबको केही हप्ताभित्र इञ्चार्ज पठाउने हेडक्वार्टरको तयारी गरेको छ ।