Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अपराधीहरूले प्रहरीलाई उल्टै हप्काइदिन्छ : प्रधानमन्त्री ओली

अपराधीहरूले प्रहरीलाई उल्टै हप्काइदिन्छ : प्रधानमन्त्री ओली

शनिवार , माघ २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधीहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताएका छन्।

नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले यतिमात्रै नभइ अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए‘ किन हेरेको भनेर ? झोलाभरि सुन हुन्छ तर, किन हेर्‍या भन्छ ? उल्टै हप्काउँछ ।’

उनले जमाना नै फेरिएको बताउँदै भलादमी र सोझासाझा बनेर तस्करी गर्ने गरेको संकेत गरे। प्रधानमन्त्री ओलीले त्यसा प्रवृतिविरुद्ध निश्पक्षता र स्वतन्त्रताका साथ कठोर बनेर प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077