दाङ । दाङमा भरूवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका-३ ठूला सम्वा निवासी पुष्कर खत्रीका १० वर्षका छोरा भुवन केसीको मृत्यु भएको हो ।
घरबाट १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा आफ्नै सहोदर दाजु १० वर्षीय शिशिर केसीले बन्दुक खेलाउने क्रममा भाइको कञ्चटमा गोली लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
घरमा लोड गरी राखिएको भरूवा बन्दुक बालकले खेल्न लगेका थिए। भुवन केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट १ थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३२८ पिस छर्रा र ४ वटा फलामका गोली बरामद गरेको छ। मृतकका दाजु र बाजेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।