Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुदूरपश्चिम प्रहरी कार्यालयमा नाचगान, तनाव व्यवस्थापन हुने विश्वास

सुदूरपश्चिम प्रहरी कार्यालयमा नाचगान, तनाव व्यवस्थापन हुने विश्वास

शनिवार , माघ २६, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले 'सास्कृतिक साँझ' कार्यक्रम गरेको छ । शनिबार साँझ प्रदेश प्रहरी कार्यालय धनगढीको परिसरमा रहेको प्रहरी बहुद्देश्यीय हलमा डीआईजी गणेश चन्दको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

जनचेतनामूलक गायक सुशिल गन्धर्व सहित लोक बाजाका अभियन्ताहरुको प्रस्तुति रहेको यस कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी गण धनगढी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढी, तथा नेपाल प्रहरी स्कुल धनगढीमा कार्यरत प्रहरी कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रहरी कर्मचारीहरुद्वारा विभिन्न लोकगीत तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रम अत्यन्तै मनोरञ्जनात्मक तथा उत्साहप्रद रह्यो ।

साँझ ५ देखि ७ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रमको समापन गर्दै प्रदेश प्रहरी प्रमुख चन्दले लोक बाजाका अभियन्ताहरु तथा सहभागी प्रहरी कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।

साथै, २४ सै घण्टा समाजमा शान्ति-सुरक्षा तथा अमनचयन कायम राख्ने मुलभूत जिम्मेवारी बोकेको प्रहरी संगठनका सदस्यहरुमा कार्यबोझ सँगै विभिन्न कारणले उत्पन्न हुने तनाव व्यवस्थापन गरी प्रहरी कर्मचारीहरुको मानसिक तथा शारिरीक क्षमतालाई अझ विकाश गर्दै कार्य क्षमतामा निखार ल्याउन यस्ता कार्यक्रमहरुको निरन्तर आयोजना गरिने कुरामा जोड दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज कार्की, प्रदेश प्रहरी गण धनगढीका गण प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक डा. शोभा वाग्ले, नेपाल प्रहरी स्कुल धनगढीका समादेशक प्रहरी निरीक्षक हरि प्रसाद पुन लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सास्कृतिक साँझमा कुल ३०० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077