Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कैलाली र कञ्चनपुरबाट लागू औषधसहित ११ जना पक्राउ

कैलाली र कञ्चनपुरबाट लागू औषधसहित ११ जना पक्राउ

आइतवार , माघ २७, २०८१

कैलाली । कैलाली र कञ्चनपुरमा प्रहरीले लागू औषधसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले शनिबार विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सुदूरपश्चिम प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३, ब्यारेल नजिकबाट ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि रानालाई २ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ ।

यस्तै टीकापुर नगरपालिका-३, शंकरपुरस्थित सडक खण्डबाट २६ वर्षीय नरेश शाहीलाई ९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको छ ।

यसैगरी गोदावरी नगरपालिका-२, पहाड रोडस्थित बसपार्क नजिकबाट २६ वर्षीय राजन हमाललाई १३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै गोदावरी नगरपालिका-३, मालिका टोल जाने बाटो नजिकबाट १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र २३ वर्षीय नितेस महरालाई ५८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ ।

गौरीगंगा नगरपालिका १, चौमाला बजारबाट कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका २ बस्ने २९ वर्षीय खगेन्द्र महरालाई ९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका-१०, अमरबस्तीस्थित चकमेली बजारबाट कैलाली, गोदावरी नगरपालिका १, अनामनगर बस्ने २८ वर्षीय सुरेश चौधरी र २५ वर्षीय रविन्द्र ओलीलाई १ ग्राम २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ ।

यसैगरी पुनर्वास नगरपालिका-११, डोकेबजारबाट भीमबस्ती बस्ने २० वर्षीय रोसन सिंह साउदलाई ट्याब्लेट १३ थान र क्याप्सुल २१ थानसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077