Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पाटनबाट ४ वर्षीय बालक अपहरण, कलंकीमा बन्धक बनाएको आरोपमा भियतनामी नागरिक पक्राउ

पाटनबाट ४ वर्षीय बालक अपहरण, कलंकीमा बन्धक बनाएको आरोपमा भियतनामी नागरिक पक्राउ

आइतवार , माघ २७, २०८१

काठमाडौं । प्रहरीले चार वर्षीय बालक अपहरणको आरोपमा एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले भियतनामी नागरिक मि हाङ किन्हालुनलाई पक्राउ गरेको जनाएको छ ।

माघ २४ गते राती बालक हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार भियतनामी नागरिक किन्हालुनले बालकलाई अपहरण गरेर
कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको उद्धार उद्धार गरी २३ वर्षीय भियतनामी नागरिकलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077