काठमाडौं । काठमाडौंको ठमेलमा दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्ने दिनेश सिग्देल र रमेश फुलारा पक्राउ परेका हुन् ।
उनीहरू दुवै जना नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेता रहेको खुलेको छ । यस घटनामा थप व्यक्तिहरू फरार छन्।
उनीहरूले बिहीबार मध्यराति क्युआरटी (क्विक रेस्पोन्स टिम) को रूपमा मोटरसाइकलमा खटिएका प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि कुटपिट भएको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।