Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

डीआईजी भट्टराईलाई बढुवा गर्न एआईजी केसीले दिए राजीनामा

डीआईजी भट्टराईलाई बढुवा गर्न एआईजी केसीले दिए राजीनामा

आइतवार , माघ २७, २०८१

काठमाडौं । बढुवा भएको एक महिना नहुँदै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार केसीले शुक्रबार नै राजीनामा दिएका हुन् ।

उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत थिए । कर्णाली प्रदेशमा प्रहरी प्रमुखका रुपमा कार्यरत डीआईजी जनक भट्टराईलाई बढुवा गर्नका लागि केसीलाई जबरजस्ती राजीनामा दिन दबाब लगाइएको हो ।

[insert page='331547' display='yopanipadhnuhos.php']

मिलेमतोमा नै एआईजी केसीले राजीनामा बुझाएको स्रोत बताउँछ । सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका छन् । अब मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गर्नेछ ।

त्यसपछि डीआईजी भट्टराईलाई बढुवा गरिने छ । उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । गत महिना रिक्त रहेका एआईजीका दुई पदमा कुबेर कडायत र केसीको बढुवा भएको थियो ।

बढुवामा तिव्र चलखेल हुँदा केही दिन रोकिएको समेत थियो । पछिल्लो समय केही दिनका लागि एआईजीमा बढुवा गर्ने प्रवृत्ति बढीरहेको छ। एआईजी भएर बढुवा हुँदा धेरै पेन्सन र चाकल लगायतका सुविधा पाइने भएकाले यस्तो विकृती बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077