Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आधा किलो सुनसहित एकजना पक्राउ

आधा किलो सुनसहित एकजना पक्राउ

आइतवार , माघ २७, २०८१

दाङ । दाङको घोराहीमा आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका १४ मिलन चोक बस्ने २५ वर्षका रन्जित रसाईली ४९७.०४ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलमा अबैध रुपमा सुन ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले ट्राफिक चोकमा केचजाँच गरेको थियो ।

चेकजाँचको क्रममा रसाइलीको साथबाट २ वटा सिक्री र सुनको सानो डल्लो फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रसाईलीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077