Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

'सीआईडी हौँ' भन्दै घरको खानतलासी, दुईजना पक्राउ

'सीआईडी हौँ' भन्दै घरको खानतलासी, दुईजना पक्राउ

सोमवार , माघ २८, २०८१

कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीको 'सीआईडी हुँ' भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा छन् ।

उनीहरुकलाई वाणगंगा नगरपालिका २ राजपुरस्थित खेलमैदानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनीहरुले आफूहरुलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको र घरको खानतलासी गर्नुपर्ने भन्दै एकजना स्थानीयबाट १७ हजार रुपैयाँसमेत लिएर गएको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077