Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मध्येरातमा प्रहरी कुट्ने युवाविरुद्ध ५ दिन म्याद थप

मध्येरातमा प्रहरी कुट्ने युवाविरुद्ध ५ दिन म्याद थप

सोमवार , माघ २८, २०८१

काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि मध्ये रातमा आक्रमण गरेको आरोपमा पक्राउ परेका दुईजना युवकविरुद्ध पाँच दिनको म्याद थप भएको छ ।

पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।

उनीहरु दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् । उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि माघ २४ गते राति करिब १२ बजे ठमेलको छाया सेन्टरनजिकै आक्रमण गरेको थियो ।

आक्रमणबाट दुई प्रहरी घाइते भएका थिए । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।

आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनेर धम्की दिँदै उनीहरूले क्यूआरटीका रूपमा खटिएका प्रहरी वृत्त दरबारमार्गका प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छाती र जवान विष्टको दायाँ आँखामुनि चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077