Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बुढानीलकण्ठमा भारतीय नागरिकको अनलाइन जुवा अखडा : अहिलेसम्म खुल्यो ३ अर्बको कारोबार

बुढानीलकण्ठमा भारतीय नागरिकको अनलाइन जुवा अखडा : अहिलेसम्म खुल्यो ३ अर्बको कारोबार

सोमवार , माघ २८, २०८१

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मारेर प्रहरीले २३ जनालाई पक्राउ गरेको छ भने ८८ वटा मोबाइल बरामद गरेको छ ।

छापा मार्ने क्रममा आइतबार राती जिल्ला प्रहरी परिसर काठमाडौंका प्रममुख एसएसपी विश्व अधिकारी आफै फिल्डमा थिए । प्रहरीले ८८ वटा मोवाइल र १० वटा ल्यापटप बरामद गरेर कारोबार यकिन गर्ने काम भइरहेको जनाएको छ ।

आइतबार राति दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा अधिकांश भारतीय नागरिकहरू पक्राउ परेका थिए । अनलाइन जुवा सञ्चालकले उनीहरू सो घरमा खाने र बस्ने सुविधा प्रदान गरेको भेटिएको छ ।

काठमाडौं प्रहरीका अनुसार भारत बिहार राज्य बाका घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जना पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनास्थलबाट ८१ हजार नगद बरामद गरिएको छ ।

आरोपीहरू लोटस एप प्रयोग गरेर अनलाइन जुवा सञ्चालन गरेका हुन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘क्यासिनो प्रकृतिको जुवा सञ्चालन गरेर अर्बौँ कारोबार गरेको देखिन्छ ।’

प्रहरीको प्राविधिक टोलीले मोबाइल फोन र ल्यापटपमा प्रयोग हुँदै आएका एपहरूको र त्यसका कारोबारबारे अनुसन्धान अघि बढाएको छ।

उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४को दफा १२५ अनुसार कैले सट्टेबाजी गर्नु वा गराउन नहुने कसुरअन्तर्गत् अनुसन्धान अघि बढाएको छ। उक्त कसुर अनुसार बिगो रकम जफत गरी कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजार जरिवानासम्म हुने कानूनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077