रुपन्देही । जिल्ला अदालत, रुपन्देहीले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका जोशीलाई न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
यसअघि उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए।
बुटवलमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदहेश भएको हो ।
यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने भने एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।