धनगढी । कैलाली प्रहरीले चितुवाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित मिलनसार होटलबाट डोटीको बोगटान गाउँपालिका–३ मेल्टा निवासी २६ वर्षीय नरेश साउँदलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट चितुवाको जस्तो देखिने छाला एक थान फेला पारेको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।