Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अभियुक्तलाई छुटाइदिन्छु भन्दै ठगी गर्ने नक्कली इन्स्पेक्टर पक्राउ

अभियुक्तलाई छुटाइदिन्छु भन्दै ठगी गर्ने नक्कली इन्स्पेक्टर पक्राउ

मंगलवार , माघ २९, २०८१

धरान । प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा-६ का २२ वर्षीय आकाश उर्फ बिनोद दाहाल रहेका छन् ।

उनले नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै लागू औषध कारोबारको मुद्दामा हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिन्छु भनि विभिन्न व्यक्तिहरूसँग रकम ठगी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय पकलीमा लागू औषध कारोबारको मुद्दामा हिरासतमा रहेका हेमन विश्वकर्मालाई छुटाइदिन्छु भन्दै उनले रकम ठगी गरेको खुलेको छ ।

सुनसरी प्रहरीका अनुसार विनोदले हेमनकी आमासँग आफू प्रहरी निरीक्षक भएको र भनेजति पैसा दिए उनलाई छुटाइदिने भन्दै ४० हजार रुपैयाँ ठगी गरेका थिए ।

बिनोदको साथबाट ठगी गरिएको १५ हजार रुपैयाँ र एकथान मोबाइल बरामद गरिएको छ । उनीमाथि जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077