Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालिका बन्धक बनाई श्रमशोषण गर्ने एमाले सांसद शर्मालाई सत्ताको आडमा उन्मुक्ति

बालिका बन्धक बनाई श्रमशोषण गर्ने एमाले सांसद शर्मालाई सत्ताको आडमा उन्मुक्ति

मंगलवार , माघ २९, २०८१

काठमाडौं। आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्मालाई सरकारले नै उन्मुक्ति दिने तयारी थालेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी एमाले सांसद शर्माविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।

लुम्बिनी पदेशसभा सदस्य रहेकी एमाले नेतृ शर्मालाई उन्मुक्ति दिनेगरी सरकार अघि बढेको छ। बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो।

जिल्ला र उच्च दुवैले सांसद शर्माविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरी फाइजल महान्यायाधीवक्ताको कार्यालयमा पठाएको छ ।

महान्यायाधीवक्ताको कार्यालयले सो रायलाई सदर गर्ने तयारी गरेको स्रोतले बतायो । महान्यायाधीवक्ता कार्यालयले सो राय सदर गरेमा सांसद शर्माले गम्भीर अपराधको आरोपबाट उन्मुक्ति पाउनेछिन् ।

गठ जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो ।

बालिका उद्धार गरेपछि काठमाडौंका मेयर बलेन्द्र साह (बालेन)ले फेसबुकमा सांसद शर्माको तस्बिर सार्वजनिक गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए ।

महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो। महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा २ ङ अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077