Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मंगलवार , माघ २९, २०८१

विराटनगर । जिल्ला कारागार मोरङका एकजना बन्दीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडु सतारको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

मृतक जबरजस्ती करणी मुद्दामा कारागार चलान गरिएका बन्दी रहेका थिए । किसुनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा दिउँसो १ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । किसुन आफूविरुद्ध दर्ता भएको मुद्दा फैसलाको पर्खाइमा थिए।

अचानक रिंगाटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि माघ २६ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचाररत अवस्थामै मृत्यु भएका किसुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077