Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अध्यागमनका अधिकृत नै सुन तस्करीमा !

अध्यागमनका अधिकृत नै सुन तस्करीमा !

मंगलवार , माघ २९, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृतहरु नै सुन तस्करीमा संलग्न रहेको पत्ता लागेको छ । सुनसहित पक्राउ परेका एक अधिकृतलाई दबाबका आधारमा छाडिएको छ ।

आईटीतर्फ अधिकृत प्रमोद शर्मा गत १७ माघमा सुनसहित पक्राउ परेका हुन् । अष्ट्रेलियाबाट आएका चन्द्रप्रसाद पराजुली र उनलाई प्रहरीले शौचालयबाट पक्राउ गरेको थियो ।

अष्ट्रेलियाबाट आएका पराजुलीले करिब १५ ग्राम सुन अध्यागमनको शौचालयमा लगेर शर्मालाई दिएका थिए । लगत्तै प्रहरीले पक्राउ गरेर भन्सार बुझाएको थियो । भन्सारले २५ ग्रामसम्म सुन ल्याउन पाउने तर्क गरेर चलखेलका आधारमा उनलाई छाडिदिएको छ ।

सो घटनापछि शर्मालाई अध्यागमन विभागमा हाजिर गराइएको छ । तर, सुन तस्करीको घटनामा भने उन्मुक्तिको प्रयास भइरहेको छ । ‘असल नियतले सुन ल्याएको थियो भने किन शौचालयमा गएर दिनुपर्थ्यो ?’ एक अधिकृत प्रश्न गर्छन् ।

पछिल्लो समय अध्यागमनमा बेथितीले सीमा नाघेको छ । अध्यागमन प्रमुख तिर्थराज भट्टराईकै नेतृत्वमा भिजिट भिसामा सेटिङ चलिरहेको स्रोत बताउँछ । अध्यागमनमा अहिले गम्भीरसिंह विष्ट लगायत धेरै विवादास्पद अधिकृतहरुलाई खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077