Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

खुकुरी प्रहार गरी हजुरबुबा र नातिको हत्या, संलग्न फरार

खुकुरी प्रहार गरी हजुरबुबा र नातिको हत्या, संलग्न फरार

मंगलवार , माघ २९, २०८१

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका-४ मा खुकुरी प्रहार गरी दुई जनाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार भूमे-४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार भनिएका चन्द्रसिङ पुनलाई टाउकोमा धारिलो चोट लागेको अवस्थामा खुलखुले खोलामा मृत फेला पारिएको छ ।

घटनाबारे अनुसन्धानपछि मात्र थप विवरण आउने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077