Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रहरीमाथि डिउटीमै चक्कु प्रहारको प्रयास

प्रहरीमाथि डिउटीमै चक्कु प्रहारको प्रयास

बुधवार , माघ ३०, २०८१

धनगढी । कैलालीमा मंगलबार राति प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास हो ।

गएराति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

तर नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहार गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा भारतीय नागरिक भनिएपनि उनी नेपाली भएको खुलेको हो ।

प्रहरी स्रोतका अनुसार ती युवक धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077