Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एक्लै बस्दै आएकी महिलाको शव नग्न अवस्थामा फेला

एक्लै बस्दै आएकी महिलाको शव नग्न अवस्थामा फेला

बुधवार , माघ ३०, २०८१

दमक । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ ।

एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बूको आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको हो ।

वडाध्यक्ष बहादुर आंगबोका अनुसार सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्याएको थियो ।

गंगाकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आंगबोले बताए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077