Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जुवा खालमा प्रहरीको छापा, ७४ हजारसहित ९ जना पक्राउ

जुवा खालमा प्रहरीको छापा, ७४ हजारसहित ९ जना पक्राउ

बुधवार , माघ ३०, २०८१

धनगढी । कैलालीमा प्रहरीले जुवा खालमा छापा हानेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरका अनिल केसीको घरमा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा हानेको थियो ।

सो क्रममा जुवातास खेलिरहेका केसीसहितका ९ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ७४ हजार नगद बरामद गरिएको छ भने सानोठूलो ७ वटा मोबाइल, चार वटा तासको गड्डी पनि बरामद गरिएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077