Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लागूऔषध अफिमसहित हेटौंडाबाट दुई जना पक्राउ

लागूऔषध अफिमसहित हेटौंडाबाट दुई जना पक्राउ

बुधवार , माघ ३०, २०८१

हेटौंडा । प्रहरीले अवैध लागूऔषध अफिमसहित मकवानपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–४ का १८ वर्षीय दिपक साह र सिम्रनगढ–१ का १९ वर्षीय शसि मुखिया रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट २ किलो १४० ग्राम अफिम बरामद गरेको हो।

राक्सिराङ गाउँपालिका–५ बोटवारी नजिकबाट झोला बोकेर हिडिँरहेको अवस्थामा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरुको झोलाभित्र अफिम फेला परेको थियो।

प्लाष्टिकले बेरेर ल्याएको अफिमसहित पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077