Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वडीआईजी जोशीको कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश

पूर्वडीआईजी जोशीको कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश

बुधवार , माघ ३०, २०८१

रुपन्देही । उच्च अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका पूर्वडिआइजी छविलाल जोशीको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।

गत सोमबार जिल्ला अदालत रुपन्देहीले जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरेपछि उनी उच्च अदालत गएका थिए।

मंगलबार जोशीको तर्फबाट उनका छोरा रोचक जोशीले दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो।

न्यायाधीश तिवारीको आदेशपछि छिट्टै कैफियत प्रतिवेदन प्राप्त हुने र त्यसपछि संयुक्त इजलासमा मुद्दाको सुनुवाई हुनेछ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको मुद्दामा जिल्ला अदालत रुपन्देहीले गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका जोशीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गरेको थियो।

यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने जिल्ला अदालते एक करोड रुपैयाँ धरौटी लिएर छोडेको थियो।

सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोगमा लामिछाने र जोशी सहित २२ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

जोशीलाई यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077