Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आईजीपी कुँवरको पदावधि थप नहुने निश्चित, बिदामा बस्ने तयारी

आईजीपी कुँवरको पदावधि थप नहुने निश्चित, बिदामा बस्ने तयारी

बुधवार , माघ ३०, २०८१

काठमाडौं । एक महिनापछि नेपाल प्रहरीको नेतृत्व फेरिने लगभग निश्चित भएको छ । संसदमा दर्ता भएको प्रहरी विधेयकमा ३० वर्षे सेवाहद हटाउनेसम्बन्धि प्रावधान भएपनि विधेयक तत्काल पास हुने सम्भावना छैन ।

विधेयकमा ३० वर्षे सेवाहद हटेको वर्ष अवकाश हुने अधिकारीको पदावधि ६ महिना थप हुने प्रावधान छ । जसअनुसार ५ चैतअघि नै विधेयक आएमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको कार्यकाल थप हुन सक्थ्यो ।

तर, गम्भीर विवादमा परिसकेको विधेयक एक महिनामा पास हुने सम्भावना नभएपछि अब ५ चैतमा नेपाल प्रहरीले आईजीपी पाउने अवस्था देखिएको हो ।

अर्कोतर्फ आईजीपी कुँवरले अवकाशअघि नै बिदामा बस्न समेत चाहेका छन् । प्रहरी स्रोतका अनुसार मिलेसम्म एक महिनाअघि नै बिदा बस्ने इच्छा उनले देखाएका छन् ।

तर, उनले बिदा पाउने सम्भावना न्यून छ । त्यसका लागि एक महिनाअघि नै सरकारले कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ । आईजीपीकै ब्याचकालाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना छैन ।

५ चैतमा आईजीपीका मुख्य दाबेदार एआईजी दिपक थापा हुन् । उनलाई सुदिप गिरी र टेकबहादुर तामाङले पनि चुनौती दिने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077