Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पशुपति बालुवाखानी भ्रष्टाचार : एमाले नेता कुइँकेलसहित ९ जना दोषी ठहर

पशुपति बालुवाखानी भ्रष्टाचार : एमाले नेता कुइँकेलसहित ९ जना दोषी ठहर

बुधवार , माघ ३०, २०८१

काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ ।

पशुपतिको बालुवाखानी भ्रष्टाचार प्रकरणमा नेकपा एमालेका नेतासमेत रहेका कुइँकेलसहित ९ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

८ वर्ष अघिको विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले पुनरावेदन गरेको थियो । विशेष अदालतले उनलाई त्यति नै जरिवाना हुने फैसला गरेको छ । उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ माघ ९ गते विशेष अदालत काठमाडौंमा कुइँकेलसहित कोषका निर्देशक राजकुमार रेग्मी, काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारीहरू गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठलगायतविरुद्ध मुद्दा दायर गरेको थियो ।

कुइँकेललाई ६ वर्ष कैद सजाय तोकेको छ । सर्वोच्च अदालतले कुइकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो ।

फर्जी कागजात तयार गरी सम्झौता गरेको, माइनिङ स्कीमविपरीत काम गरेको र जथाभाबी उत्खनन् गरी फँडानी गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077