Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ऋषि धमलाविरुद्ध प्रहरीमा चेक बाउन्सको जाहेरी

ऋषि धमलाविरुद्ध प्रहरीमा चेक बाउन्सको जाहेरी

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । प्राइम टेलिभिजनका सञ्चालक तथा जनता जान्न चाहन्छन् कार्यक्रमका प्रस्तोता एवं रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाविरुद्ध चेक बाउन्समा प्रहरीमा जाहेरी परेको छ ।

बालाजुका राजन गिरी नामका व्यवसायीले सापटी बापत ४० लाख रकम धमला र उनले भनेका व्यक्तिका नाममा डिपोजिट गरिदिएका थिए । तर, गिरीले पटक–पटक ताकेता गर्दापनि धमलाले उक्त रकम फिर्ता नगरी चेक दिएका थिए ।

धमलाले गत असार १० गतेको मिति राखेर दिएको ४० लाखको चेक नसाटिएपछि गिरी प्रहरीकहाँ पुगेका हुन् ।

धमलाको एनआईसी एशिया बैंकको सिनामंगल शाखाको चेक तीन पटकसम्म बाउन्स गरी गिरीले बैंकिङ कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा माघ १८ गते जाहेरी दिएका छन् ।

काठमाडौं प्रहरीमा धमलाविरुद्ध चेक बाउन्समा जाहेरी परेपछि प्रहरीले उनीविरुद्ध कारबाही प्रकृया अगाडि बढाएको छ । प्रहरीले धमलालाई फोन गरेर चेक बाउन्सबारे सोधखोज गरेको परिसरका एक अधिकारीले बताएका छन् ।

गिरीले बालाजुस्थित प्रभु बैंकमा धमलाका पीए ध्रुबको नाममा १५ लाख, धमलाले नै भनेका अर्का व्यक्ति केशरको नाममा १८ लाख र धमलापत्नी एलिजाको नाममा पटकपटक गरी ७ लाख गरी ४० लाख रुपैयाँ दिएका थिए ।

यसअघि पनि धमलाविरुद्ध केही पीडितहरुले विदेश पठाउने नाममा रकम लिएर फिर्ता नगरेको भन्दै मिडियामा अन्तर्वार्ता नै दिएका थिए ।

धमलाले आफ्नो गृहजिल्ला धादिङ र मधेस प्रदेश तथा रुकुमका विभिन्न व्यक्तिलाई रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरेको पीडितहरुले नै बताएका थिए ।

मिडियामा अन्तर्वार्ता दिनेहरुको रकम भने पछि धमलाले फिर्ता गरेको पीडितहरुले नै बताएका थिए ।
चेक बाउन्समा परेको जाहेरीबारे प्रतिकृयाका लागि धमलालाई अनलाइन नेपालले पटकपटक सम्पर्क गर्दा उनको फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077