Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रचण्डको चाकडीमा दाङबाट गुल्मी पुगे डिआइजी कार्की 

प्रचण्डको चाकडीमा दाङबाट गुल्मी पुगे डिआइजी कार्की 

बिहिवार , फाल्गुण १, २०८१

गुल्मी । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यक्रमका लागि डिआइजी दानबहादुर कार्की दाङबाट गुल्मी आएका छन्।

सामान्य कार्यक्रममा डिआइजी आफैँ  आएको घटनाप्रति प्रहरी अधिकारीले समेत आश्चर्य मानेका छन्।

हेलिप्याडको उद्घाटन लगायत विविध कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार गुल्मी आएका हुन्।

सो कार्यक्रममा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख कार्की पनि दाङबाट गुल्मी पुगेका हुन्। पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्री सरह सम्मान दिएर उनी कार्यक्रममा सहभागी भएका थिए।

प्रचण्डको चाकडीकै लागि उनी यसरी गुल्मी आएको चर्चा प्रहरीमा छ । प्रचण्ड प्रधानमन्त्री हुँदा नै उनी गत जेठमा पहिलो नम्बरमा डिआइजीमा बढुवा भएका हुन् ।

त्यसकारण चाकडीकै लागि उनी त्यसरी प्रचण्डको कार्यक्रममा सहभागी भएको बताइन्छ ।

आगामी चैतमा कार्कीकै ब्याचबाट एआइजी बढुवा हुँदैछ । त्यसका लागि उनी सबै दलका नेताहरुलाई खुसी बनाउने अभियानमा अहिलेदेखि नै लागिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077