Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ड्युटीमा तैनाथ प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता पक्राउ

ड्युटीमा तैनाथ प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता पक्राउ

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

सत्तारूढ दल नेकपा एमालेको भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै संसदमा समेत चर्को विरोध भएको थियो ।

यसअघि ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उनीहरु सबैलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । माघ २४ गते उनीहरूको समूहले प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) माथि आक्रमण गरेको थियो ।

यसअघि पक्राउ परेका दुई जनालाई अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077