Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नयाँ गाडी चोरेर भागेका मन्तोषकुमार पेट्रोल सकिएपछि पक्राउ

नयाँ गाडी चोरेर भागेका मन्तोषकुमार पेट्रोल सकिएपछि पक्राउ

शुक्रवार , फाल्गुण २, २०८१

विराटनगर । विराटनगरमा शोरुमबाट नयाँ गाडी चोरेर भागेका एक जना पेट्रोल सकिएपछि पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्।

कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका छन्।

प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारत तर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परेका हुन् ।

गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण कार चोरी भएको प्रहरीले बताएको छ । चोरी भएको कारको मूल्य ८० लाख पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077