Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रसुवा र दोलखामा नयाँ प्रहरी प्रमुख पठाइयो

रसुवा र दोलखामा नयाँ प्रहरी प्रमुख पठाइयो

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दोलखा र रसुवामा नयाँ प्रहरी प्रमुख पठाएको छ ।

शुक्रबार काज सरुवा गर्दै दोलखामा डीएसपी ज्ञानकुमार महतो र रसुवामा हेमबहादुर शाहीलाई पठाइएको हो ।

अब महतोले जिल्ला प्रहरी कार्यालय दोलखाको जिम्मेवारी सम्हाल्ने छन् भने शाहीले जिल्ला प्रहरी कार्यालय रसुवाको कमाण्ड सम्हाल्ने छन् ।

यसअघि दोलखामा कार्यरत युवराज खड्का एसपीमा बढुवा भएका थिए । त्यस यता दोलखा प्रहरी प्रमुखविहीन रहेको थियो ।

रसुवामा कार्यरत डीएसपी केशव भट्टराईको काज सरुवा गर्दै प्रधानमन्त्री कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077