Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कैलालीका सीमामा तस्करी बढ्यो, दैनिक लाखौँका सामान बरामद !

कैलालीका सीमामा तस्करी बढ्यो, दैनिक लाखौँका सामान बरामद !

शनिवार , फाल्गुण ३, २०८१

धनगढी । कैलाली प्रहरीले अबैध रूपमा भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ ।

शुक्रबार धनगढी उपमहानगरपालिका-२ सिसा षोष्ट नजिक र जोशीपुर गाउँपालिका-१ पिपरकोटी क्षेत्रबाट प्रहरी गस्ती टोलीले अन्दाजी मूल्य रु. १ लाख २८ हजार १५० बराबरका विभिन्न सामग्रीहरू नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानहरूमा मोबाइल कभर, चक्लेट, सुटपिस, साडी, धोती, प्लाष्टिक डोरी, सिद्रा माछा लगायतका सामग्री रहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यी सामग्रीहरू भन्सार प्रक्रिया पूरा नगरी चोरीनिकासी गरी ल्याइएको आशंका गरिएको छ ।

यसअघि बिहीबार कैलालीका विभिन्न स्थानबाट ५ लाख २३ हजार ९७० रुपैयाँ, बुधबार २ लाख ६४ हजार ७९५ रुपैयाँ बराबरका भन्सार छलीका सामानहरु बरामद गरिएको थियो ।

पछिल्लो समय प्रहरी कै संरक्षणमा तस्करी बढेको आरोप छ । भारतसँग सिमा जोडिएका कैलालीका नाकाबाट अत्यधिक मात्रामा तस्करी फस्टाएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077