डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् ।
अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न उनी मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए ।
तीन दिनपछि जोशी मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।