Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कुख्यात सिंहलाई काठमाडौंको जगन्नाथ कारागार पठाइयो

कुख्यात सिंहलाई काठमाडौंको जगन्नाथ कारागार पठाइयो

आइतवार , फाल्गुण ४, २०८१

कैलाली । कैलाली प्रहरीले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा भागेको १२ वर्षपछि पक्राउ गरेका देवसिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई काठमाडौँ कारागार पठाएको छ ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेको अवस्थामा कारागारबाट भागेर हालै भारतबाट पक्राउ गरिएका सिंहलाई शनिबार काठमाडौँको सुन्धरामा रहेको जगन्नाथ देवल कारागार पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले गोदावरी नगरपालिका–११ ओलानीका सिंहलाई कैलाली कारागारबाट स्थानान्तरण गरेर जगन्नाथ देवल कारागार पठाइएको जनाएको छ ।

उनलाई श्रीएयरलाइन्सको विमानबाट काठमाडौँ लगिएको हो । २४ फागुन २०६४ मा गोदावरी नगरपालिका– ७ बस्ने भक्तबहादुर भन्ने बमबहादुर साउदको सिंहले गोली प्रहार गरी हत्या गरेका थिए ।

सोही मुद्दामा जिल्ला अदालतले २७ मंसिर २०६७ मा ११ असार २०६६ देखि लागु हुने गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

कैलाली कारागारमा कैद भुुक्तान गरिरहेको अवस्थामा सिंह २२ साउन २०६९ मा भागेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुुर चन्द नेतृत्वको टोलीले सिंहलाई १२ वर्षपछि २९ माघमा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको थियो ।

१२ वर्षदेखि भारतमा लुकेर बसेका सिंह चोरी मुद्दामा एक हप्ता अगाडी मात्र धरौटीमा छुुटेका थिए । उक्त सूचनाका आधारमा कैलाली प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । स्रोतकाअनुसार सिंहलाई प्रहरीले भारतको दिल्लीबाटै पक्राउ गरेर ल्याएको थियो ।

प्रहरीकाअनुसार सिंह साउँदको हत्या मुुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेको अवस्था भागेपनि उनीमाथि अन्य मुद्दामा पनि छन् । सिंहले साविकको गोदावरी गा।वि।स–६ बस्ने तेज बहादुर बडैला र मोहन सिंह बडैलासँग मिलेर २ असोज २०६२ मा मानबहादुर सुनारको हत्या गरेको मुद्दा दर्ता भएको थियो ।

तर उक्त मुद्दाको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयबाट मिसिल फिर्ता भएर पेश हुन बाँकी रहेको छ । यस्तै सिंहमाथि धनगढी–१ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले अपहरण गरी शरिर बन्धक बनाएको अपहरण तथा शरिर बन्धकको मुद्दा समेत लागेको थियो ।

उनले हातहतियार खरखजना मुद्दामा पनि एक वर्ष कैद भोगिसकेका छन् । यसैगरी उनले भारतमा पनि लुटपाट तथा चोरी गरेको स्रोत बताउँछ । उनी केही समयदेखि भारतको जेलमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077