Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला

नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला

आइतवार , फाल्गुण ४, २०८१

झापा । नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन‍्।

झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयमा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन् ।

तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्।

मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका छन्।

उनको मृत्यु कतिबेला भएको भन्ने खुलेको छैन। मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077