Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आईजीपी कुँवरद्धारा ७५ जना डीएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

आईजीपी कुँवरद्धारा ७५ जना डीएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

बढुवा भएका ७५ डीएसपीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नबाट सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले अझै खरो रूपमा उत्रिले विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077