Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चोरीको आरोपमा बूढानीलकण्ठबाट ६ जना पक्राउ

चोरीको आरोपमा बूढानीलकण्ठबाट ६ जना पक्राउ

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । घरहरुमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

बूढानीलकण्ठ नगरपालिका–७ पानचोकस्थित एक घरमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ घर भएका २६ वर्षीय अशोक तामाङ, सोही ठाउँ घर भएका २५ वर्षीय सरोज तामाङ, सोही ठाउँका २२ वर्षीय समीर तामाङ, पाँचपोखरी–७ घर भएका निराजन आचार्य, पाँचपोखरी–७ का नवज्योति गुरुङ र सोही ठाउँका हिराबहादुर तामाङ छन्।

यो समूहले २० माघको राति पौन १२ बजेतिर पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप छ ।

प्रहरीले उनीहरुबाट ११ थान मोबाइल चोरीमा प्रयोग हुने रड र ५ थान टिभी बरामद गरेको छ। पक्राउ परेकाहरूमथि चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077