Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रहरी पोष्टमा सबै महिला कर्मचारी, असई दीपालाई कमाण्ड !

प्रहरी पोष्टमा सबै महिला कर्मचारी, असई दीपालाई कमाण्ड !

आइतवार , फाल्गुण ४, २०८१

कास्की । पोखरा महानगरपालिका-३ स्थित नदीपुरको अस्थायी प्रहरी पोस्टमा सबै महिला प्रहरीलाई खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत ७७ वटा युनिट रहेकोमा नदीपुरको पोस्टमा महिला प्रहरीलाई मात्र खटाइएको हो । प्रहरी सहायक निरीक्षक दीपा आलेको नेतृत्वमा ९ जना प्रहरी महिला उक्त पोस्टमा कार्यरत छन् ।

अस्थायी प्रहरी पोस्टमा असई आलेसँगै प्रहरी हबलदार सङ्गीता महतो, जवान देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गङ्गा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली र ममता सिंहलाई खटाइएको छ । आइतबारदेखि सबै महिला प्रहरीलाई उक्त पोस्टमा खटाएर सेवाको आरम्भ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले महिला प्रहरीको दक्षता, क्षमताको उजागरका साथै कामप्रति उत्साह जगाउन महिला प्रहरी कर्मचारी मात्र खटाएर सेवा आरम्भ गरिएको बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महिलाहरू मात्र कार्यरत रहेको युनिट बढी अनुशासित हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077