Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हलेसीमा भीषण आगलागी, नियन्त्रणका लागि सदरमुकामबाट टोली जाँदै

हलेसीमा भीषण आगलागी, नियन्त्रणका लागि सदरमुकामबाट टोली जाँदै

आइतवार , फाल्गुण ४, २०८१

खोटाङ । खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ ।

आइतबार साँझ स्थानीय पदम राईको हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका दुईवटा टहरा र एउटा पक्की घरमा पुगेको हो ।

आगो निभाउन स्थानीयले प्रयास गरिरहेका छन् तर, आगो नियन्त्रणमा आएको छैन ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली जाँदैछ । अहिलेसम्म मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077