Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सशस्त्रमा जुनियर ब्याचबाट डिआइजीमा बढुवा गर्ने तयारी

सशस्त्रमा जुनियर ब्याचबाट डिआइजीमा बढुवा गर्ने तयारी

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त डिआइजीका तीन पदमा १२ जना एसएसपीले फारम भरेका छन्। तीन दिनको समय दिएर बढुवा समितिले शुक्रबार फारम भर्न सूचना निकालेको थियो ।

आइतबार साँझ ५ बजेसम्म फारम भर्ने समय रहेकोमा १२ जनाको आवेदन परेको स्रोत बताउँछ ।

सिनियर ब्याचबाट कृष्णराज पाठक, मनिष थापा र कृष्ण ढकाल छन्। उनीहरुमध्ये पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएका हुन्। उनी यसअघि पनि दुई पटक बढुवामा छुटिसकेका छन्।

त्यस्तै, थापा र ढकाल सशस्त्रको पहिलो ब्याचका अधिकृत हुन्। उनीहरुको ब्याचबाट स्टाफ कलेज गरेका अरु सबै डिआइजी भइसकेका छन्। पहुँच नहुँदा उनीहरु छुटेका थिए।

यसपटक पनि बढुवामा तिव्र चलखेल रहेकाले छुट्ने सम्भावना देखिएको छ। किनकी सिंस २ बाट ९ जनाले फारम भरेका छन्। जसमा कांग्रेस सभापति शेरबहादुर देउवाका बहिनीज्वाई दिपेन्द्र कुँवरलगायत छन्।

कुँवरकै लागि बढुवा गर्न सो ब्याचबाट दुई जना राखिने सम्भावना देखिएको छ । जसमा अर्का दाबेदार विष्णु भट्ट छन्। कुँवर कांग्रेस र भट्ट एमालेको कोटाबाट बढुवा हुने सम्भावना छ ।

यसो हुँदा सिनियर ३ मध्ये १ जना मात्र बढुवा हुनेछन् । यही साता बढुवा समितिको बैठक बसेर सिफारिसको तयारी भइरहेको छ । कुँवरकै कारण सशस्त्रमा करिब ६ महिनादेखि बढुवा रोकिएको छ।

यसरी ब्याच नै मिलेर बढुवा गर्दा सशस्त्र प्रहरीमा गलत नजिर बस्ने र आगामी दिनमा बढुवामा बेथिती अझै बढ्ने सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077