Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अनलाइन जुवाको अखडामा प्रहरीको छापा, १ अर्ब ६४ करोडको कारोबार

अनलाइन जुवाको अखडामा प्रहरीको छापा, १ अर्ब ६४ करोडको कारोबार

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ।

यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेका थिए । स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेका थिए ।

उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077