Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको सकुशल उद्धार, फिरौती माग्ने सरिता पक्राउ

पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको सकुशल उद्धार, फिरौती माग्ने सरिता पक्राउ

बुधवार , चैत्र १२, २०८१

कास्की । कास्कीको पोखराबाट अमेरिकन महिलालाई अपहरण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीया सरिता लामा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले पोखराको लेकसाइडबाट ७० वर्षकी अमेरिकन नागरिकलाई अपहरण गरेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी पुर्‍याएर ३३ लाख युरो फिरोती माग गरेको खुलेको छ ।

अमेरिकन महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा सकुशल उद्धार गरेको बताइएको छ ।

अमेरिकन नागरिक मुक्तिनाथ मन्दिर दर्शन तथा भ्रमणका लागि नेपाल आएकी थिइन् । सरितालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077