Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरुवा मापदण्ड संशोधनपछि मात्र एसपीको सरुवा हुने

सरुवा मापदण्ड संशोधनपछि मात्र एसपीको सरुवा हुने

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । नेपाल प्रहरीमा १४ महिना पुग्दा पनि एसपीको सरुवा हुन सकेको छैन । झापा, रुपन्देही, कञ्चनपुर, कैलाली, काभ्रे लगायत दर्जन जिल्लाका एसपीको अवधि १४ महिना पुगिसकेको छ ।

अवकाशको मुखमा बसन्तबहादुर कुँवरले सरुवा निकाल्न सकेनन् । नयाँ आईजीपी दिपक थापाले पनि तत्काल सरुवा निकाल्न सक्ने अवस्था छैन ।

स्रोतका अनुसार सरुवासम्बन्धि मापदण्ड संशोधनको तयारी भइरहेको छ । केही शक्तिशाली प्रहरी अधिकृतको स्वार्थमा मापदण्ड संशोधन हुन लागेको हो । सरुवामा अत्याधिक चलखेलका कारण यस्तो अवस्था आएको हो ।

हालको मापदण्डमा बढुवा लगत्तै ‘क’ वर्गको कार्यालयमा जान नपाइने र एक पटक मात्र ‘क’ वर्गमा जान पाइने प्रावधान छ । यसअघि तराईका जिल्लामा बसिसकेका एसपीहरु फेरि तराई नै जान चाहेका छन् ।

उनीहरुकै चाहनाअनुसार मापदण्ड संशोधन गर्न लागिएको छ । एसपी कोमलबिक्रम शाह लगायत एसपीहरु यसका लागि राजनीतिक लबिइङमा लागेका छन् । केही डिएसपीहरु पनि यसमा लागिपरेका छन् ।

मापदण्ड संशोधनका लागि प्रहरी प्रधान कार्यालयले मातहतमा पत्राचार गरेर सुझाव मागेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संशोधनमा वर्ग पनि हेरफेरको तयारी छ ।

यसअघिका आईजीपी बसन्तबहादुर कुँवरमाथि पनि मापदण्ड संशोधन गर्न दबाब परेको थियो। तर, आफैंले बनाएको मापदण्डको विपरीत संशोधन नगर्ने अडान लिएका थिए । प्रहरी नेतृत्व फेरिएसँगै मापदण्ड संशोधन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077