काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सडक निर्माणमा अनियमितता भएको विषयमा विशेष अदालतले फैसला सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ पुसमा १२ जनामाथि मुद्दा दायर गरेको थियो । वडा नम्बर १ को सडक ढलान, नाला निर्माणको गर्दा २३ लाख २५ हजार ७९५ रुपैयाँ भ्रष्टाचार भएको वादी दाबी थियो ।
दोषी ठहर भएका सबैलाई तीन महिना कैद सजाय निर्धारण भएको छ ।