Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पत्रकारलाई दुर्व्यवहार गरेको आरोप लागेका इन्स्पेक्टर पुरस्कृत

पत्रकारलाई दुर्व्यवहार गरेको आरोप लागेका इन्स्पेक्टर पुरस्कृत

बुधवार , चैत्र १२, २०८१

धनगढी । जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्स्पेक्टर दर्शन खड्कालाई अभिलेखमा जनिने गरी नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

उनलाई तोकिएको जिम्मेवारी पूर्ण, प्रशंसनीय एवं अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

कैलाली प्रहरीले उनलाई राष्ट्रिय किताबखाना लैनचौरमा अभिलेखमा जनिने गरी अभिलेख राख्न अनुरोध गरेको छ । इन्स्पेक्टर खड्का हालै पत्रकार आरजु हमाललाई दुर्व्यवहार गरेको भन्दै विवादमा तानिएका थिए । तर जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।

[insert page='335557' display='yopanipadhnuhos.php']

पत्रकारसमेत रहेकी हमालले फागुन २५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी रहेको कार्यक्रममा कैलाली प्रहरीका मुद्दा शाखा इन्चार्जसमेत रहेका खड्कासहितका प्रहरी कर्मचारीहरूले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर प्रहरीले दुर्व्यवहार नगरेको बताउँदै आएको थियो ।

[insert page='335536' display='yopanipadhnuhos.php']

उनले छानविनका लागि राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेक गुहारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077